नेकपा स्थायी समिति बैठक जारी

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटीको बैठक बालुवाटारमा जारी छ ।

बैठकमा अध्यक्षद्वयको प्रतिवेदन र आगामी महाधिवेशन लगाएतका विषयमा छलफल जारी रहेको छ । यसअघि बिहिवार पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्षकमल दाहाल प्रचण्डले छलफल गरी कार्यदलले दिएको सुझावका आधारमा कार्यान्वयनको कार्य योजनासहितको प्रस्ताव तयार गरिसक्नुभएको छ ।

बैठकमा दुई अध्यक्षको जिम्मेवारीलाइ प्रस्ट पार्ने तथा आगामी चैतमा महाधिवेशन गर्न प्रस्ताव गर्ने लगायतका बिषयमा पनि छलफल हुने बताइएको छ ।

नेकपा स्थाई समिति बैठकमा उपस्थित सदस्यहरु

यसैगरी मन्त्रीमण्डल पुनर्गठन निश्चित मापदण्ड बनाएर गर्नुपर्ने, प्रदेश र स्थानीय तहका कामलाइ थप प्रभावकारी बनाउने, पार्टी एकताका बाँकी कामलाई टुङ्ग्याउन निश्चित अवधि तोक्नेसहितका विषयमा समेत छलफल हुने छ ।

यसकासाथै कोभिड-१९ को नियन्त्रणलाई थप प्रभावकारी बनाउने उपायका बारेमा पनि नेकपा स्थायी कमिटीको बैठकमा छलफल गर्ने कार्यसूची तय गरिएको छ ।


ताजा खबर