मिस नेपाल अनुष्का अष्ट्रेलियन क्याथोलिक विश्वविद्यालयको रिजनल म्यानेजर नियुक्त

मिस नेपाल २०१९ की विजेता अनुष्का श्रेष्ठलाई अष्ट्रेलियाको प्रख्यात विश्वविद्यालयले क्षेत्रिय प्रवन्धकमा नियुक्त गरेको छ ।
अष्ट्रेलियन क्याथोलिक विश्वविद्यालय एसियुले अनुष्कालाई नेपालमै रहेर काम गर्ने गरि क्षेत्रिय प्रबन्धक रिजनल म्यानेजर नियुक्त गरेको हो ।
सफल नेपालसँग कुरा गर्दै मिस नेपाल श्रेष्ठले यो नियुक्तीले आफुलाई नेपालमै बसेर युवाहरुसंग घुलमिल गरि करियर निर्माणमा सहयोग पुग्ने बताउनुभयो । अनुष्काले पनि अष्ट्रेलियामा एसियुमै अध्ययन गर्नुभएको हो । सिड्नीमा अध्ययन पुरा गरेर दुइ वर्ष एसियुमै काम समेत गरेको अनुभव श्रेष्ठसंग छ । पछिल्लो समय अष्ट्रेलियाको कमनवेल्थ बैंकमा कार्यरत अनुष्का मिस नेपालका लागि स्वदेश फर्किनुभएको थियो । नेपालमै बसेर केही गर्ने उदेश्यका साथ स्वदेश फर्किनुभएकी श्रेष्ठले यो अवसरबाट अझै धेरै सिक्ने र विदेशी अध्ययनसंस्थाको व्यवस्थापन नेपालमा पनि लैजाने काममा सहयोग गर्न सक्ने बताउनुभएको छ । आफुले नेपाली युवालाई विदेश जान हौसाउने नभई, विदेशमा पढेपछि स्वदेशमै फर्कि केही गर्नका लागि प्रेरित गर्न यो भूमिका महत्वपुर्ण हुने श्रेष्ठको भनाई छ ।

एसियु नेपाली विद्यार्थी पढ्न जाने विश्वविद्यालयमध्ये अग्र स्थानमा पर्छ । एसियुले नेपाल लगायत दक्षिण एसियाका देशहरुसंग सम्बन्ध विस्तार गर्नका लागि सम्बन्धित देशमै प्रवन्धकहरु नियुक्त गर्दै आएको छ ।


ताजा खबर