प्रस्तावित राजदूतत्रय संसदीय समितिद्वारा सर्वसम्मत अनुमोदन

संसदीय सुनुवाई समितिले प्रस्तावित तीन राजदूतको नाम सर्वसम्मत अनुमोदन गरेको छ ।

समितिको बिहीबार बसेको बैठकले बेल्जियम र यूरोपियन युनियनका लागि गेहेन्द्र राजभण्डारी, पाकिस्तानका लागि तापस अधिकारी र जर्मनीका लागि रामकाजी खड्काको नाम अनुमोदन गरेको हो ।

संविधानअनुसार प्रस्तावित राजदूतलाई राष्ट्रपतिले नियुक्त गर्नुहुनेछ ।

भदौ १ गते बसेको मन्त्रिपरिषद् बैठकले राजभण्डारी, अधिकारी र खड्काको नाम सिफारिस गरेको थियो । तीनै जना परराष्ट्रका सहसचिव हुनुहुन्छ ।

ताजा खबर