अन्तराष्ट्रिय फुटवलमा रोनाल्डोको सय गोल पूरा

पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डो अन्तराष्ट्रिय फुटबलमा सय गोल पुरा गर्ने पहिलो युरोपियन खेलाडी बन्न सफल भएका छन् ।

रोनाल्डोले हालसम्म आफ्नो करियरमा ५७ वटा गोल फ्रि-किक मार्फत गरेका छन् । रोनाल्डोले राष्ट्रिय टिमबाट सय गोलको कीर्तिमान पुरा गरेको खेलमा पोर्चुगलले नेसन्स लिग फुटबलमा जित हात पारेको छ ।

हिजो राती भएको खेलमा रोनाल्डोको दुई गोलको सहयोगमा पोर्चुगलले स्विडेनलाई २-० ले हराएको हो । पहिलो हाफको अन्तिम मिनेटमा गोल गर्दै रोनाल्डोले सय गोल पुरा गरेका थिए ।

हालसम्म रोनाल्डो भन्दा बढि गोल गर्ने एक मात्र खेलाडी इरानका अलि डेइले सन् १९९३ देखि २००६ सम्ममा १ सय ९ गोल गरेको रेकर्ड छ । सर्वाधिक गोल गर्दै रेकर्ड राख्ने अन्य खेलाडीमा अर्जेन्टिनाका लियोनल मेस्सी र भारतका सुनिल क्षेत्री रहेका छन् । हालसम्म मेस्सीले ७० गोल र भारतका सुनिल क्षेत्रीले ७२ गोल गरेका छन् ।


ताजा खबर