जमिनको कित्ताकाट फुकुवा गर्ने निर्णय

 भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले जमिनको कित्ताकाट फुकुवा गर्ने निर्णय गरेको छ ।

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले यही भदौ १८ गतेको मन्त्रीस्तरीय निर्णय गरेर कित्ताकाट फुकुवा गर्नुु भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रीस्तरीय निर्णयअनुसार यसअघि भएका खण्डिकरण रोक्ने, व्यवस्थित बस्ती बसाल्ने र कृषि उपज बढाउने कित्ताकाट सम्बन्धी निर्णय खारेज गरिएको मन्त्रालयका शाखा अधिकृत लक्ष्मण बहादुर कठायत जानकारी दिनुुभएको छ

मन्त्रालयले मातहतका निकायमा गरेको यही भदौ १९ गते गरेको परिपत्रमा ‘कृषियोग्य जमिनको खण्डिकरण सम्बन्धी भएका पूर्वनिर्णयहरु बदर गरिएको उल्लेख छ ।


ताजा खबर