नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित देश

नेपाली कांग्रेसको असन्तुष्ट पक्षले संस्थापन विरुद्ध अनशन गर्ने

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको संस्थापन विरुद्ध अनशनसम्मको आन्दोलन सार्वजनिक गर्ने तयारी भएको छ। सभापति शेरबहादुर देउवाले बिधान बिपरीत कदम चालेको भन्दै असन्तुष्ट पक्षले आन्दोलनको कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको छ।

बरिष्ठ नेता रामचन्द्र पौडेल समूहले आज भर्चुएल बैठक गरेर आन्दोलनको घोषणा गर्ने तयारी भएको केन्द्रीय सदस्य गुरु घिमिरेले बताए। उनका अनुसार, भर्चुएल बैठकको अहिले तयारी भइरहेको छ।

“चरणबद्ध आन्दोलनको तयारी भएको छ, आजै घोषणा हुन्छ”, उनले भने। पौडेल समूहले सभापति देउवाले बिस्तार गरेको विभागहरु खारेजी हुनुपर्ने माग राखेको छ।

महाधिवेशन सकिएको दुई महीनाभित्र गठन गरिसक्नुपर्ने विभागहरु अहिले बिधान बिपरीत गठन र बिस्तार भइरहेको आरोप पौडेल पक्षले लगाउँदै आएको छ।

तर, सभापति देउवाले भने ४७ मध्ये २० विभाग गठन गरिसकेका छन्। बिहीबार मात्रै सभापति देउवाले शुभेच्छुक संस्था समन्वय विभाग गठन गरेका थिए। तत्काल विभाग खारेज, क्रियाशील सदस्यता वितरण कार्य रोक नलगाए चरणबद्ध आन्दोलन गर्ने पौडेल समूहले तयारी गरेको छ।

शुरुमा अल्टिमेटम, त्यसपछि स्थानीय तहसम्म अन्तरक्रिया, धर्ना र अनशनसम्मको आन्दोलनको कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको घिमिरेले बताए। कांग्रेसको १४औं महाधिवेशन आगामी फागुन पहिलो साता हुँदैछ।


ताजा खबर