अर्थमन्त्री खतिवडाको राजीनामा स्वीकृत : दुवै मन्त्रालय प्रधानमन्त्रीले सम्हाल्ने

राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले पदबाट दिएको राजीनामा स्वीकृत गरेकी छन्।

शुक्रबार मन्त्री खतिवडाले दिएको राजीनामा प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले स्वीकृत गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।

“मौजुदा मन्त्रिपरिषद्का माननीय अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले नेपालको संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (क) बमोजिम आफ्नो पदबाट राजीनामा दिनुभएकोले सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा निजले सम्हाल्दै आउनुभएको अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको कार्यभार सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यूले सम्हाल्ने गरी तोक्नुभएको छ”, राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ।ः

बिज्ञप्तिः


ताजा खबर