बुद्धि बहादुर केसी रेडियो नेपालको कार्यकारी निर्देशक नियुक्त

सरकारले रेडियो नेपालको कार्यकारी निर्देशकमा बुद्धि बहादुर केसीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले केसीलाई रेडियो नेपालको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

खुला प्रतिस्पर्धामार्फत गरिएको छनोटबाट सञ्चार मन्त्रालयद्वारा सिफारिस गरिएका तीन जनामध्ये सरकारले केसीलाई  नियुक्त गर्ने निर्णय गरेको हो । केसी रेडियो नेपालकै नायव कार्यकारी निर्देशक हुनुहुन्थ्यो ।

रेडियो नेपालको इतिहासमा  कर्मचारीबाटै कार्यकारी निर्देशक नियक्तु भएको यो नै पहिलो पटक हो ।


ताजा खबर