सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) जनक शर्मा पौड्यालले राजीनामा दिएका छन् ।
गत वर्ष असारमा नियुक्त भएका पौड्याल र बैंकको सञ्चालक समितिसँगको मनमुटावका कारण उनले राजीनामा दिएका हुन् ।
सनराइज बैंकमा जनराज शर्मा पौड्याललाई सिइओ नियुक्त गर्ने बेलामै संचालक समितिहरु दुई खेमामा उभिएका थिए । पौड्याललाई सिइओ पक्षमा शैलेन्द्र गुरागाईँ र मालचन्द्र दुगडले सहयोग गर्दै आएपनि अरु संचालकहरु भने असहयो गर्दै आइरहेको बैंकको स्रोतले बताएको छ ।
पौड्यालले सनराइज जानु भन्दा अगाडी ग्लोबल आइएमई बैंकमा पनि ६ महिना काम गरेर छोडेका थिए ।





















