नेपाल उद्योग वाणिज्य महासंघको महाधिवेशन स्थगित गर्ने निर्णय विधानसम्मत नभएको वरिष्ठ उपाध्यक्षका उम्मेदबार चन्द्र ढकालले दाबी गर्नु भएको छ ।
समूहको तर्फबाट शुक्रबार काठमाडौमा आयोजित पत्रकार सम्मेलनमा ढकालले केन्द्रिय कार्य समितिको बैठकले स्थगित गर्ने निर्णय गर्नुपर्नेमा पदाधिकारी बैठकले गरेको भन्दै विधान विपरीत भएको दाबी गर्नु भएको हो ।
नेपाल उद्योग वाणिज्य महासंघको बिहिबारको पदाधिकारी बैठकले महाधिवेशन स्थगित गर्ने निर्णय गरेको थियो ।





















