प्रधानमन्त्रीको मानमर्दन गरेपछि देशभर सबै भारतीय न्यूज च्यानल बन्द

प्रधानमन्त्री केपी शर्मा ओलीको मानमर्दन गरेपछि नेपाल भित्र सबै भारतीय न्यूज च्यानलको प्रसारण बन्द भएका छन । आज साँझबाट नेपाल भित्र सबै भारतीय न्यूज च्यानलको प्रसारण बन्द गर्ने निर्णय भएको हो ।

विदेशी च्यानल वितरक मल्टि सिस्टम अपरेटर (एमएसओ) हरुले भारतीय न्यूज च्यानलहरुको प्रसारण नेपालमा बन्द गर्ने निर्णय गरेका हुन ।

मेगा म्याक्स टिभीका उपाध्यक्ष ध्रुव शर्माका अनुसार भारतीय सञ्चारमाध्यमले नेपालको बारेमा अफबाह फैलाएका कारण बन्द गर्ने निर्णय भएको शर्माले बताए । उनीहरूले पछिल्लो समय प्रधानमन्त्री र चिनिया राजदूतको नाम जोडेर आपत्तिजनक विषयहरु प्रसारण गरेपछि ती च्यानलहरु नेपालमा बन्द गराइएको हो ।


ताजा खबर