नेपाल राष्ट्र बैंकले कोभिड १९ ले अर्थतन्त्रमा पारेको प्रभावलाई सम्बोधन गर्ने गरी आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउने तयारी गरेको छ ।
आगामी साउनको पहिलो हप्तासम्म मौद्रिक नीति सार्वजनिक गर्नका लागि नेपाल राष्ट्र बैंकले विभिन्न सरोकारवालाहरुसँग सुझाव संकलन गरिरहेको छ ।
रेडियो नेपालसँग आज कुराकानी गर्नुहुँदै नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले कोभिड १९ बाट प्रभावित अर्थतन्त्रलाई माथि उकास्ने र अर्थतन्त्रको पुनरउत्थानमा वित्तीय क्षेत्रबाट अपनाउनु पर्ने उपाय जस्ता विषयलाई मौद्रिक नीतिले जोड दिने बताउनुभयो ।
छलफलका क्रममा कर्जालाई सहज गर्नुपर्ने, व्यवसायिक वातावरण तयार पार्न वित्तीय क्षेत्रबाट वित्तीय साधन उपलब्ध गराउनु पर्ने, व्याजदरको स्थायित्व कायम गनुपर्ने जस्ता विषयलाई मौद्रिक नीतिले सम्वोधन गर्नुपर्ने सुझाव प्राप्त भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।





















