अव्यवस्थित क्‍वारेन्टाइन सुधार्न नेपाली काँग्रेसद्वारा सरकारको ध्यानाकर्षण

नेपाली काँग्रेसले मापदण्डविपरीतका र अव्यवस्थित क्वारेन्टिनका कारण कोरोना सङ्क्रमण बढ्दै गएको भन्दै त्यसमा सुधार गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

यसअघि कोभिड-१९ का कारण उत्पन्न परिस्थितिको सम्वन्धमा अनुगमन गर्न काँग्रेसले पार्टीका सह महामन्त्री डा. प्रकाशशरण महतको संयोजकत्वमा अनुगमन समिति गठन गरेको थियो ।

समितिले तयार गरेको १४ बुँदे ध्यानाकर्षण पत्रबारे जानकारी दिन पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा सहमहामन्त्री महतले कोभिड-१९ का कारण आमनागरिकले भोगेको समस्यातर्फ ध्यान दिन आग्रह गरिएको बताउनुभयो ।  रासस


ताजा खबर