कोरोनाका कारण विश्वमा चार लाख ३५ हजार भन्दा बढीको मृत्यु : ८० लाख भन्दा बढी संक्रमित

कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको सङ्ख्या चार लाख ३५ हजार ६८१ पुगेको छ । साथै यस सङ्क्रमणबाट विश्वभर ७९ लाख ९७ हजार ६०९ जना सङ्क्रमित भएका विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओद्वारा जारी दैनिक प्रेस विज्ञप्तिमा जनाइएको छ ।

कोरोना भाइरसका कारण बिरामी भएका ४१ लाख २९ हजार ३०९ जना निको भएका छन्। हाल विश्वभरमा कोरोना भाइरस सङ्क्रमित ३४ लाख ३२ हजार ६१९ व्यक्ति उपचाररत रहेका छन् । सङ्क्रमितहरूमा ५४ हजार ४६० जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

चीनको हुबेइ प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस सङ्क्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र २१ लाख ६२ हजार २२८ जनामा कोरोना भाइरसका सङ्क्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख १७ हजार ८५८ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

दक्षिण अमेरिकामा १४ लाख २६ हजार ३८७ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् । यहाँ ६० हजार ४८४ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा २४ लाख ८६ हजार ४८३ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् । यहाँ एक लाख ४५ हजार ७७२ जनाको मृत्यु भएको छ ।

युरोपमा २२ लाख छ हजार ५११ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् भने एक लाख ८२ हजार ८८१ को मृत्यु भएको छ । एसियामा १६ लाख २२ हजार ७९९ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने, ४० हजार ३५१ जनाको मृत्यु भएको छ ।
अफ्रिकामा २ लाख ४५ हजार ७६२ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने छ हजार ५५४ जनाको मृत्यु भएको छ । ओसियानामा ८ हजार ९४६ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने १२४ जनाको मृत्यु भएको छ ।  रोयटर्स

 


ताजा खबर