प्रविधिमा आधारित सिकाइमा सहभागी हुन प्रधानमन्त्रीको आग्रह (भिडियो सहित)

 प्रधानमन्त्री केपी शर्मा ओलीले वैकल्पिक सिकाइ प्रविधिको घोषणाका सन्दर्भमा शुभकामना दिनुभएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आजबाट देशैभर शुरु गरेको विद्याहरुको वैकल्पिक सिकाई प्रविधिको शुभारम्भका अवसरका प्रधानमन्त्रीले सम्वोधन मार्फत शुभकामना दिनुभएको हो ।

सम्वोधनका क्रममा प्रधानमन्त्रीले लामो समय विद्यालय बन्द हुँदा बालवालिकाको सिकाइमा थप क्षति नहोस् र पढाइले निरन्तरता पाओस् भन्ने उद्येश्यले वैकल्पिक सिकाइ प्रक्रियाको सुरुवात गरिएको बताउनुभयो ।

प्रधानमन्त्रीले यो अवसरका अधिकतम लाभ लिन पनि सबै विद्यार्थीहरुलाई आग्रह गर्नुभएको छ । महामारीको समाप्तीसँगै शैक्षिक प्रणालीमा परिवर्तन आउनेपनि प्रधानमन्त्रीले बताउनुभयो ।

कोभिड-१९ को संक्रमण र त्यसको नियन्त्रण र रोकथामका लागि घोषणा गरिएको लकडाउनका कारण गत चैत्र ११ गतेदेखि विद्यालयहरु बन्द भएपछि विद्यालयतहमा अध्ययनरत ७० लाख बालबालिकाहरु घरमै छन् ।

उनीहरुलाई लक्षित गरी शिक्षा मन्त्रालयले सूचना, सञ्चार र प्रविधिको प्रयोगबाट पढाइ शुरु गरेको हो । घरलाई नै शिक्षालयको रुपमा विकास गर्ने उद्देश्यले टेलिभिजन, रेडियो, अनलाइनलगायत डिजिटल प्रविधिको प्रयोग गरेर पठन-पाठन गराउन लागिएको मन्त्रालयले जनाएको छ ।

भिडियो हेर्नुहोसः


ताजा खबर