नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित देश

“एक चिकित्सकको आँखामा आजको नेपाली समाज : हराएको “म” डगमगाएको मानवता र पागलपन”

  • डा. व्यापक पौडेल

स्वस्थ मानिसहरुमा आफ्नो पहिचान“म”, मानवता र स्वस्थ सोच विचार अति आवश्यक कुराहरु हुन् भन्दा दोस्रो मत राख्ने कोही छैन होला ।तर के हामीले आफ्नो पहिचान“म”, मानवता र स्वस्थ सोच विचार जगेर्नागरिरहेका छौं त?यसबारे एक-एक गरी चर्चा गरौं ।

हराएको“म”(आफ्नो पहिचान)

म “म” हुँ सबै आफू नै हो।हामी सबै मान्छे भएपनि हामी फरकफरक हौं ।कसरी भने हामी मान्छे भएपनि हाम्रो डिएनए(DNA) फरक फरक छ ।मेरो बुवा आमाले मलाई जन्म दिए पनि वाहाहरु सँग मेरो डिएनए(DNA)शतप्रतिशत मिल्दैन ।यस्तै मेरो औलाको छाप कोही कसै सँग मिल्दैन त्यसैले म “म”मात्रै हो सबै आफु आफु मात्रै हो ।

हामी किन असफल छौं भन्ने कुरा म हुँ सबै आफु नै हो बाट प्रस्ट हुन्छ ।संसारमा लगभग !-@ प्रतिशत मान्छे मात्रै सफल छन् बाँकी सबै असफल छन् ।

पैसाले सफल भइने होइन रहेछ।मलाई पनि $-%वर्ष अघिसम्म यस्तै लाग्थ्यो यी पैसा भएपछि सफल र ठूलो भईन्छ ।तर पैसा हुनेलाई पैसावाल अथवा धनी भनिने रहेछ ।सफल, ठुलो मान्छे नभनीदोरहेछ ।सफल हुनकालागि अर्कै कुरा गर्नुपर्ने रहेछ ।

पैसा भनेको एउटा प्रतिक(symbol)मात्र रहेछ ।अनि सिस्टम मात्र ।मानौँ हाम्रो देशले यहाँका नागरिकको खाने बस्ने स्वास्थ्य उपचार गरिदिने जस्ता अन्य व्यवस्था गरिदिने सिस्टम बनाउने हो भने न हामीलाई पैसा चाहिन्छ न त पैसा कमाउने होडमा मानवतालाई बिर्सेर एकअर्कासँग लडाई गर्थ्यौं त्यसैले पैसा सिस्टम मात्र हो ।

पैसा प्रतिक(symbol)पनि हो ।कसरी त भने पैसाको इतिहासलाई हेर्ने हो भने जब पैसाको चलन भयो तब खबटा बाट सुरुवात भयो पछि मेटलको त्यसपछि कागजको,पोलिमर(Polymer),एटिएमकार्ड(ATM card)हुँदै मोबाइलवालेट(mobile wallet),इ-ब्याङ्किॅग (e-banking) समेत आइसक्यो, त्यसैले पैसा प्रतिकमात्र हो ।

अधिकांश मान्छेहरू पैसाको पछि दगुरिरहेका छन् आफूभित्रको “म” लाई बिर्सेर ।पैसाको पछि दगुर्दैमापैसा आउँदैन। तर कर्म गरे पछि अवश्य आउँछ।तसर्थ असफलताको कारण पैसा नकमाउनु होइन ।संसारमा ९८-९९ प्रतिशत मान्छे असफल छन् किनकि ९८-०० प्रतिशत मान्छेले फलानाले त्यो गर्यो ढिस्कानाले त्यो गर्यो म पनि त्यही गर्छु भन्छन् तर अर्काको गुण आफूमा ल्याएर अथवा नक्कल गरेर सफल हुन सकिँदैन ।आफ्नो गुण आफूले चिन्न सक्नु पर्छ अर्थात् म “म” हुनुपर्छ र म “म” भएर अगाडि बढेपछि मात्र सफल भइन्छ ।संसारमा सफल व्यक्तिहरू ती हुन् जसले आफूलाई चिनेर समाजमा परिवर्तन गरेका छन् र समाजले हृदयदेखि नै सम्मान गरेको छ ।इतिहास यसको साक्षी छ।

नेपालको सन्दर्भमा हेर्ने हो भने कता कता हामीमा “म” हराएको जस्तो लाग्छ।हामी “म” भएर होइन अरु भएर बाँचिरहेका छौं ।हुनुपर्ने त “म” भएर बाँच्नु पर्ने होइन र?यस्तो लाग्छ कि हाम्रो देशको “म” को संरक्षण गर्न नसकेर हामी पछाडी परेका हौँकि ?कुनै पनि देशको “म” भनेको भाषा, धर्म, संस्कृति र संस्कार हुन् I

डगमगाएको मानवता

मैले कसैलाई तपाईं मान्छे हो भनेर प्रश्न गर्ने हो भने तपाईं मसँग रिसाउनु हुन्छ योकेभन्छ भनेर ।तर त्यही प्रतिप्रश्न मलाई गरिन्छ भने म त मान्छे हुने बाटोतिर लागेको छु भन्नेछु ।म पनि पूर्ण मान्छे बनिसकेको छैन ।यसका विभिन्न कारणहरू छन् ।जुन तल उल्लेख गरिनेछ ।यो संसारमा जेजति कुरा छन् ती हुनकालागि गुणको आवश्यक्ता पर्ने रहेछ ।गुण विना को/कोहि नहुनेरहेछ ।हामी बजारमा आँप किन्न जाँदा त्यो आँप ठूलो छ कि छैन, पाकेको छ कि छैन,बास्ना ठीक छ कि छैन सबै हेर्छौं ।एउटा ठूलो आँप छ तर पाकेको छैन वा बास्ना ठीक छैन भने हामी त्यसलाई घरलिएर आउँदैनौ ।आकारले मात्र त्यसलाई आँप नबनाउने रहेछ।गुण भएपछिमात्र आँप आँप हुने रहेछ । त्यस्तै दुईवटा उस्तै गिलास छन् एउटामा पानीहालौअर्कोमा रक्सी (म रक्सी खाने मान्छे होइन, हामीलाई जिउनको लागि रक्सी चाहिँदैन ।मैले कहि कतै पढेको छैन रक्सीले हाम्रो शरीर लाई राम्रो गर्छ भनेर।)टाढाबाट हेर्दा उस्तै देखिन्छ तर एउटा रक्सी हो अर्को पानी हो तिनीहरूलाई छुट्याउनका लागि पनि गुणले मात्र छुट्याउन सकिन्छ।त्यस्तै दुईवटा उस्तै गिलास छन् एउटामा दुध र अर्को फिनेल(phenol)हालेर टाढाबाट हेर्दा उस्तै सेतो देखिन्छ तर एउटा दुध हो भने अर्को फिनेल(phenol)हो , त्यसलाई छुटाउनको लागिपनि गुणको आवश्यकता पर्छ ।हामीले &-* कक्षातिर वनस्पतिका केसीकाहरुका गुणहरु र जनावरका केसीकाहरुका गुणहरू बारेमा पनि पढेका छौं।तिनीहरू पनि आफ्नै गुणले गर्दा जनावर र वनस्पति केसीका भएका हुन् ।त्यसैले संसारमा जेजति कुरा छन् ती सबै गुणले गर्दा नै भएका हुन्।

सबैलाई आफू हुन गुण चाहिहे जस्तै हामीलाई पनि मान्छे बन्न गुण चाहिन्छ कीचाहिँदैन अब? अवश्य नै चाहिन्छ।हामी मान्छे/मानिस/मानव हुनकोलागि पनि गुण हुन आवश्यक छ ।मानव मा हुनुपर्ने गुण भनेको मानवीय गुण हो।मानवीय गुण युक्त हुनका लागि मुख्यतः दुईवटा कुरा आवश्यक पर्दछ ।एउटा इमान्दारिता (honesty) र अर्को निष्कपटता (sincerity) ।जो इमान्दार छ र निस्कपट छ त्यो मात्रै मान्छे हो।जसमा इमानदारिता छैन, निष्कपटता छैन तिनीहरू मान्छे हुनै सक्दैनन् ।अहिले अधिकांश मानिसहरुमा यो गुणको खडेरी छ ।हामी अवसरवादी ,एक अर्कालाई दुःख दिने, अर्कालाई लडाएर,सानो बनाएर अघि बढ्ने भएका छौं ।जुन सरासर गलत छ।अरूलाई सानो बनाएर, लडाएर कैले हामी ठूलो हुँदैनौं।ठूलो हुनत आफैअगाडि बढ्नुपर्छ ।के हाम्रोमुखको आकार मात्रै मान्छेको अरू सबै क्रियाकलाप मान्छेले गर्न नहुने हुँदै गएको हो? मानवता डगमगाएको हो?अब मैले अगाडी भनेझैं म पनि पूर्ण मान्छे बनिसकेको छैन ।पूर्ण हुने बाटोमा लागेको छु।किनकि चार-पाँच वर्षअगाडि मलाईपनि यस्तो ज्ञान थिएन।म पनि यही समाजमा हुर्केको मान्छे हुँ ।समाजले जसो जसो गर्यो त्यही मागदर्शन भनेर हिँडेको थिएँ तर जब ज्ञान प्राप्त भयो त्यसपछि मैले आफ्नो बाटो बदलेको छु।त्यसैले म पूर्ण हुने बाटोमा लागेको छु तर पूर्ण भइसकेको छैन ।पूर्ण हुने र नहुने अधिकार हामी आफैंमा निहित छ किनकी म “म” हुँ तपाईं तपाईं हो, बाटो रोज्ने अधिकार हामी आफैलाई छ।

पागलपन

अहिले नेपाली समाज पागलपनमा हो कि भन्ने भान भइरहेको छ ।यो त्यसै भएको होइन ।यो लामो समयको बदलाव पछि विकसित परिस्थितिले गर्दा हो ।पहिले हामीमा डिप्रेसन थियो।यो बिग्रेर बाइपोलार(bipolar :मानिया/अधिक खुशी हुने र डिप्रेसन दुवै देखिने मानसिक रोग)र त्यो पनि बिग्रेर पागलपन(schizophrenia)विकसित भए जस्तो लाग्छ ।यसको मुख्य कारण नेपालमा पछिल्लो कालमा भएको युद्धको स्थिति हो भन्दा फरक नपर्ला ।जब युद्धको सुरुवात भो तब मानिसमा डिप्रेसनको स्थिती थियो किनकि जनताहरु दुवै पक्षको निसानामा थिए एकअर्काको सुराकी होकी भनेर अथवा एकअर्काको विरोधी हो कि भनेर ।मानिसहरू हिड्न बोल्न डराउँथे, घरमै लुकेर बस्थेँ एक किसिमको डर त्रासको स्थिति थियो र मानिसहरु डिप्रेसनमा गएका थिए।जब शन्ति सम्झौता भयो तब संविधानसभा गठन गरेर संविधान जारी गरिन्छ भनियो तर धेरै लामो समयसम्म राति सुत्दाभोलि बिहान संविधान जारी हुने भयो भनेर खुशीले सुतियो तर भोलिपल्ट बिहान उठ्दाकुरा मिलेन भनेर खिन्न भइयो ।वर्षौंसम्म तलमाथि भइरह्यो सुत्दामानिया(अधिक खुशी हुने) र बिहान उठ्दाडिप्रेसनको स्थिती रहिरह्यो ।अर्थात डिप्रेसन बिग्रेर बाइपोलाररोगले हामी ग्रसित भयौं ।जब संविधान जारी भयो र भनियो नेपालले कोल्टे फेर्छ र नयाँ नेपाल बन्छतर संविधान जारी नहुँदै नेपालले नाकाबन्दी खेप्नुपर्यो, संविधान जारी भएपछि बनेको नियम कानुन कुनै/कोही पनि वर्गलाई पूर्णरूपमा मान्य हुनेगरी अहिलेसम्म बनेको छैन ।प्रत्येक पटक नयाँ कानुन आउँदा विरोध को स्वरहरु सुनिन्छन्।नियम कानुन त सबैलाई पाच्य हुने गरी हुनुपर्ने हो नि तर त्यो भइरहेको छैन ।कसको लागि गरिएको हो बुझ्न कठिन भइरहेको छ ।नेपाली जनता बाहेक अरु अदृश्य कोही छन् कि! यो देशमा नेपाली बस्छन् नीउनीहरुलाई केन्द्रविन्दु मा राखेर नियम कानुन नीति निर्माण हुनुपर्ने हैन र? पागलपनमा भएपछि जे गरेपनि आफूलाई सत्य नै हो,राम्रो नै हो लाग्छ ।यथार्थ र भ्रम छुट्याउन गाह्रो हुन्छ।आम नागरिकलाई हेरे पनि उस्तै स्थितिमा रहेको देखिन्छ।कसैले कसैको मान सम्मान हृदय बाट गर्दैन।कसैलाई यो यसरी गर्नुपर्ने हो भनेर राम्ररी सम्झाउँदा पनि बरु उल्टै मुक्का खानु पर्ने स्थिति छ । आफू मात्रै ठीक भएजस्तो लाग्छ सबैलाई ।बाटोमा मोटरसाइकलहरुजहाँ भिडछ त्यतै झन् जाम गर्न लगिन्छ, न मोटरसाइकल,न त कार,जीप,बस,भ्यानआदिलाईआफ्नो लेनको मतलब छ जेगरे पनि भएको छ।के यो पागलपन नभएर केही अरू हुन सक्छ? हो हामी पागलपनमा छौं।यो पागलपनबाट नफर्किन्जेलसम्म जे गरेपनि हामी अगाडि बढ्न सक्दैनौं।हामीलाई भ्रममात्र भइरहन्छ कि हामी अगाडि बढिरहेका छौं।

यो पागलपन हटाउनको लागि के बुझ्न जरुरी छ भने ब्रह्माण्डमा#नियम कानुन हुन्छन् ।पहिलो प्राकृतिककानुन,दोस्रो सामाजिक कानुन र तेस्रो देशको मुख्य कानुन (संविधान) र त्यसबाट बनेका विधान, नियम तथा विनियमहरू।प्राकृतिक कानून अपरिवर्तनीय छ।परिवर्तन गर्न खोज्यो भने सबै डुब्छ ।जस्तै बगिरहेको खोलालाई थुनेर निकास नदिने हो भने यसले विपत्ति ल्याउँछ।गुरुत्वाकर्षण बललाई हामीले परिवर्तन गर्न सक्दैनौ ।प्राकृतिक कानुनबाटव्युत्पन्न (derive)भएर समाजिक कानुन बनेको हुन्छ र सामाजिक कानुनबाट व्युत्पन्न (derive)भएर संविधान,नियम विधानतथा विनियमहरूबन्न पुग्दछ ।समाजको स्थिती अर्कै छ तर हामीले यसलाई ख्याल नगरी संविधान,बिधान,नियम,कानुन,विनियमहरूबनाए,त्यो टिक्दैन ।देशकोसंविधान, बिधान, नियम, कानुन, विनियमहरूसमाजलाई समेट्ने हुनुपर्दछ ।सबैलाई अपनत्व महसुस गर्ने खालको हुनुपर्दछ ।पागलपन हटाउनका लागि हामीमा भएको “म” लाइ जागृत गराउनुपर्दछ र मानवताको अनुसरण गरेर अगाडि बढ्नु पर्दछ ।

अर्को कुरा के बुझ्न जरुरी छ भने हामीले जे गर्छौं सबै सन्तुलन हुन्छ ।मेरो सन्तुलन “म” मा मात्रै हुन्छ ।मेरो सन्तुलन अरुले गर्न सक्दैन किनकीम “म” मात्रै हो,सबै आफु आफु नै हो ।यो ब्रह्माण्डमा सबै कुरा सन्तुलनमा छ हाम्रो शरीर पनि सन्तुलनमा छ।हाम्रो शरीरको सन्तुलन हाम्रो खानपिन, आनीबानीर वातावरणमा निहित छ ।हामीले जथाभाबी खाना खाएमा हामीलाई रोग लाग्दछ।बढी रिसाहाभएमा ब्लड प्रेसर, सुगरको रोग हुने सम्भावना बढी हुन्छ ।हामी बस्ने वातावरण फोहोर राखेमा हामीलाई संक्रमण हुन्छ र हाम्रो शरीरको सन्तुलन बिग्रिन्छ ।सृष्टिका सबै कुरा सन्तुलनमा छन्।सबैको पोजिटिभ र निगेटिभ पक्षहरु छन् ।सन्तुलन नभएको केही छैन ।मान्छेमा महिला पुरुष ,ब्याट्रीको पनि पोजिटिभ र निगेटिभ पोल हुन्छ।चुम्बकमा पनि नर्थ पोल र साउथपोल हुन्छ।शब्दमा पनि सन्तुलन छ राम्रोको उल्टो नराम्रो हुन्छ, कालोको उल्टो सेतो हुन्छ। पैसामापनिदुईवटा पाटा हुन्छन् ।अर्थशास्त्रमा मा पनि डेबिट क्रेडिट हुन्छ, हामी व्यालेन्ससिट(Balance sheet)निकाल्छौ ।गणितमा हेर्ने हो भने पनि सन्तुलन छ।हामीले गणितमा प्रमाणित गरेकै हो। रासायनिक प्रक्रियामा पनि सन्तुलन छ।आकाशीय पिण्डहरु पनि गुरुत्वाकर्षणको कारणले सन्तुलनमा छन्।तसर्थ यो ब्रह्माण्डमा सबैकुरा सन्तुलनमा छन् र हामी जे गर्छौं त्यो पनि सन्तुलन हुन्छ।राम्रो गरेको छ भने राम्रो हुन्छ नराम्रो गरेको छ भने नराम्रो नै हुन्छ ।किनकि जे रोप्यो त्यही फल्छ, मकै रोपेर धान फल्दैन।

अन्त्यमा हामी भित्रको“म”लाई जागृत गरेर डगमगाएको मानवता पुर्नस्थापन गरी पागलपन रहितसमाजको सृजना गर्ने अवसर हामीलाई नै छ, अरुले आएर गरिदिँदैन।यसो गरेमा हामी सुखी नेपाली हुनेछौं र समृद्ध नेपालमा बस्न पाउने छौं ।

ग्राण्डि अस्पतालका वरिष्ठ अर्थोपेडिक तथा स्पाइन सर्जन डा.पौडेल नेपाल अर्थोपेडिक एसोसिएसनका पूर्वमहासचिव हुनुहुन्छ ।

ताजा खबर