नेपालमा मनसुन भित्रियो : सतर्कता अपनाउन आग्रह

नेपालमा यस वर्ष दुई दिन ढिलो गरी मनसुन भित्रिएको छ ।

मनसुन नेपालको पूर्वी भूभागमा जुन १२ मा प्रवेश गरेको र यससँगै मौसमी गतिविधि बढ्ने सम्भावना रहेकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

हिजो बेलुका नेपालको पूर्वी भूभाग हुँदै प्रवेश गरेको मनसुन भोलिबाट देशभर फैलिइ मौसमी गतिविधि बढ्ने सम्भावना रहेको मौसमविद् विभूति पोखरेलले बताउनुभयो ।

मनसुन ढिलो भित्रिए पनि मुलुकभर मनसुनको समयमा औषत वर्षा हुने पोखरेलले बताउनुभयो । रासस


ताजा खबर