कान्ति बाल अस्पतालको ओपिडीको टिकट अब एपबाटै लिन सकिने

कान्ति बाल अस्पतालले ओपिडीको टिकट अब घरबाटै लिन मिल्ने गरी एपको विकास गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले मन्त्रालयमा आयोजित कार्यक्रममा नयाँ एप शुरु गर्नुभयो । उहाँले यसबाट उपभोक्तको समयको बचत हुनाका साथै उपचार प्रक्रियासमेत सहज हुने बताउनु भयो ।

एपको प्रयोग गरिएसँगै न्यून जनशक्तिका भरमा काम गर्न सजिलो हुने उहाँले उल्लेख गर्नुभयो । उपभोक्ताले सो एपमार्फत दैनिक बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म टिकट घरबाटै काट्न सक्नेछन् । यसका लागि दर्ता शुल्क ५० रुपियाँ लाग्ने व्यवस्था गरिएको छ । उपभोक्ताले वर्षभरि अस्पतालबाट सेवा लिन सक्ने व्यवस्था पनि गरिएको जानकारी मन्त्री ढकालले दिनुभयो ।

स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नवराज राउत र मन्त्रालयका सचिव लक्ष्मण अर्यालले एपको प्रयोगबाट कोरोना भाइरसको नियन्त्रण तथा रोकथाममा मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । त्ससबखत कान्ति बाल अस्पतालका निर्देशक डा कृष्णप्रसाद पौडेललले कान्तिबाल अस्पतालको अवस्थाबारे जानकारी गराउनुभएको थियो ।


ताजा खबर