नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १६ पुग्यो : थप ४४८ सहित कुल संक्रमित पाँचहजार ६२ जना पुगे

नेपालमा कोरोना भाइरसबाट थप ४४८ सङ्क्रमित भएका छन् । योसँगै सङ्क्रमितहरुको कुल सङ्ख्या पाँचहजार ६२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले सो कुराको जानकारी दिनुभएको हो । थप सङ्क्रमित हुनेमा ४२४ र महिला २४ छन् । कुल सङ्क्रमित हुनेमा चारहजार ७०९ र ३५३ रहेका छन् ।

त्यसैगरी, आज थप १६ डिस्चार्ज भएका छन् । योसँगै कुल डिस्चार्ज हुनेको ८७७ पुगेको छ । दुबै प्रकारका परीक्षणको सङ्ख्या एकलाख २१ हजार ८६२, क्वारेन्टाइनमा एकलाख ५८ हजार ५० रहेका छन् । आइसोलेसनमा चारहजार १६९ रहेको छ ।

अर्घाखाँचीको एक क्वारेन्टाइनमा रहेका एक सङ्क्रमित ५७ वर्षको अस्पतालबाट उपचारपछि घर फर्किदै गर्दा मृत्यु भएका छन् । उनको स्वाब परीक्षण पोजेटिभ आएकाले नेपालमा कोभिड १९बाट मृत्यु हुनेको सङ्ख्या १६ पुगेको छ ।


ताजा खबर