नेपालमा ढुक्क भएर लगानी गर्न टर्कीका व्यवसायीलाई मन्त्री भट्टराईको आग्रह

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले टर्कीका ब्यवसायीहरुलाई नेपालमा लगानी गर्न आग्रह गरेका छन्।

टर्कीका व्यवसायी सँगै विहीबार आयोजित भर्चुअल बैठक मार्फत मन्त्री भट्टराईले नेपालमा लगानीको संभावना र सुरक्षा मजबुत रहेकाले ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह गरेका हुन् ।

वर्तमान सरकार समृद्धि र विकासको लागि प्रतिबद्ध रहकाले लगानीकर्ताको लगानी सुरक्षा र संभावनालाई सरकारले पहिलो प्राथमिकतामा राखेको मन्त्री भट्टराईको भनाई थियो ।

‘सरकारको नारा नै ‘समृद्ध नेपाल र सुखी नेपाली’ भएकोले समृद्ध नेपाल बनाउने सरकारको योजनामा साथ दिन म तपाईहरुलाई आग्रह गर्छु’ मन्त्री भट्टराईले भने ‘लगानीको सुरक्षामा सरकारले ध्यान दिन्छ’ ।

मन्त्री भट्टराईले नेपालमा जलविद्युत् र पर्यटन क्षेत्रमा लगानी गर्ने पर्याप्त अवसर भएको बताए ।

बैठकमा टर्कीका बैदेशिक आर्थिक तथा सम्बन्ध बोर्डका अध्यक्ष निल ओलपाक, नेपालमा टर्कीका राजदूतसकिर ओजान टोरुनलर, व्यापार परिषद अध्यक्ष श्री मुस्तफा अकिनसीलर सहभाागी थिए ।


ताजा खबर