मन्त्रिपरिषदको निर्णय: कार्यालय दुई सिफ्टमा,सवारीमा जोर विजोर,सार्वजनिक यातायात नचल्ने,व्यवसाय खुल्ने

सरकारले निजी सवारी चलाउन जोर विजोरको आधारमा सम्बन्धित जिल्लामा जिल्लाभित्र मात्र र उपत्यका भित्रका सवारी साधनको हकमा उपत्यका भित्र मात्र चलाउन पाउने निर्णय गरेको छ ।

त्यस्तै, उद्योग, व्यापार, व्यवसाय, पसल र डिपार्टमेन्टल स्टोर खुल्ला गर्न पाउने तर सपिङ मलहरु भने खुलाउन नपाउने निर्णय गरेको छ । निजी सवारीमा चालक बाहेक दुईजनाले यात्रा गर्न पाउने, मोटरसाइकलमा एकजना मात्र चढ्ने पाउने निर्णय गरेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिनुभयो ।

शिक्षण संस्थाहरुका कार्यालय मात्र सञ्चालन गर्न पाउने तर पठनपाठन गर्न नपाउने, त्यस्तै सरकारी वा अन्य संध संस्थाका कार्यालय दुई शिफ्टमा चलाइने बताउनुभयो । उहाँका अनुसार विहान ८ देखि १ पहिलाे र १ देखि ६ बजेसम्म दोश्रो सिफ्ट सञ्चालन हुनेछ ।

रेष्टुरेन्टमा बसेर खान नपाउने तर लिएर जान पाउने निर्णय पनि गरिएको छ भने होटल क्वारेन्टाइनको लागि मात्र चलाउन पाउने उहाँले जानकारी दिनुभयो ।

सामान्य हिँड्डुल गर्न पाउने र त्यसको लागि अनिवार्य रुपमा मास्क लगाउनु पर्ने र भिडभाड गर्न नपाउने बताइएको छ । निजी सेवा प्रदायक संस्थाका कर्मचारी ओसार्न सार्वजनिक सवारी चलाउन पाउने तर त्यसमा एक रोमा एकजना मात्र राख्न पाउने, चालक बाहेक दुईजनाले यात्रा गर्न पाउने, यात्रीहरूकाे मास्क अनिवार्य र यातायातका साधन सेनिटाइज गरेर मात्र चलाउने पाउने उहाँले बताउनुभयो ।

के के छ व्यवस्था पूर्णपाठ:

https://drive.google.com/file/d/1JBEQkIKoW8HmzIchLq1HXhZl1RTjgX17/view

पत्रकार सम्मेलनको भिडियोः


ताजा खबर