लकडाउनको मोडालिटी परिवर्तन : पसल खोल्न र निजी सवारी तथा ट्याक्सी जोर विजोर गरी चल्न दिइने

सरकारले हाल जारी लकडाउनको मोडालिटीमा केही परिवर्तन गरी पसलहरु खुला गर्ने तथा निजी सवारी साधन र टयाक्सीलाई जोर विजोरका आधारमा चलाउन दिने भएको छ ।

Image may contain: 1 person, sitting and indoor

सवारी साधनको पछाडिको अंक जोर भएकाले जोर गते र विजोर गतेका दिन चलाउन पाउने उर्जा तथा जलस्रोतमन्त्री वर्षमान पुनले बताउनुभयाे । उहाँका अनुसार कोरोना संक्रमण नियन्त्रण तथा व्यबस्थापन सम्बन्धी केन्द्रिय निकाय सीसीएमसीले निर्धारण गरेको प्रक्रिया पूरा गरी व्यबसायहरु पनि सञ्चालन गर्न दिइने निर्णय भएको छ । यससम्बन्धी पूर्ण निर्णय भने आज सार्वजनिक गरिने उहाँले जानकारी गराउनुभयो ।

Image may contain: one or more people, people sitting, table and indoor

बुधबार राती अबेरसम्म बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो । मन्त्रिपरिषद्को निर्णयबारे औपचारिक जानकारी विहीबार पत्रकार सम्मेलन मार्फत दिइने बताइएको छ । रासस


ताजा खबर