नेपालमा कोरोनाक कारण १५ जनाको मृत्यु : ३१४ जना थापिएसंगै संक्रमितको कुल संख्या ४०८५ पुग्यो

नेपालमा कोरोना भाईरसको संक्रमण पछि मृत्यु हुनेको सख्या १५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले कोरोना भाइरस संक्रमण पुष्टि भएका भरतपुर महानगरपालिका वडा नं. ११ का एकजना पुरुषको आज निधन भएपछि मृतकको संख्या १५ पुगेको जानकारी दिनुभयो ।

मृतक पुरुषमा ज्वरो, निमोनिया, प्रेसर र सुगरको समस्या समेत रहेको मन्त्रालयका प्रवक्ता प्रा.डा.गौतमले बताउनुभयो ।

यसैगरी आज थप ३ सय २३ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएसँगै नेपालमा कुल संक्रमितको संख्या ४ हजार ८५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा गौतमका अनुसार आज विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २ सय ९२ जना पुरुष र ३१ जना महिलामा संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका प्रवक्ता डा गौतमले दिनुभएको जानकारी अनुसार आज प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा ३ जना, कोशी अस्पतालमा ईलामका १ जना, विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा सप्तरीका ६ जना र सुनसरीका १ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भरतपुरमा गरिएको परीक्षणमा चितवनका २४ जना, नवलपुरका ३ जना, तथा धादिङ, कपिलवस्तु र सप्तरीका १–१ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा नवलपुरका १२ जना, बागलङका ११ जना र म्याग्दीका १ जनामा संक्रमण पुष्टि भएको छ ।

यसैगरी प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा धनुषाका २१ जना, महोत्तरीका १९ जना र सर्लाहीका १ जना, राप्ती स्वस्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा दाङका ६ जना, भरी अस्पतालमा गरिएको परीक्षणमा बाँकेका ९ जना, सुर्खेत प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा सल्यानका १२ जना र सुर्खेतका ४ जना, सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा दार्चुलाका १० जना, कन्चनपुरका १९ जना, डडेलधुराका ७ जना र कैलालीका १ जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा जुम्लाका २ जनामा संक्रमण पुष्टि भएको प्रवक्ता गौतमले जानकारी दिनुभयो ।

यसैगरी, प्रादेशिक अस्पताल रुपन्देहीमा गरिएको परीक्षणमा रुपन्देहीका २० जना र कपिलवस्तुका २ जना, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा धनुषाका २४ जना, कपिलवस्तुका ७ जना, महोत्तरीका ३१ जना, नवलपरासीका १२ जना, नुवाकोटका २ जना, रौतहटका २१ जना, सर्लाहीका १६ जना र सिराहाका १२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा गौतमले जानकारी दिनुभयो ।

नेपालमा हाल सम्म ७२ जिल्लाका ३ हजार ७ सय ९८ जना पुरुष र २ सय ७७ जना महिलामा संक्रमण पुष्टि भएको छ ।

प्रवक्ता डा गौतमले दिनुभएको जानकारी अनुसार आज इलाम जिल्ला थप भएको छ ।

यसैगरी आज थप ९६ जना कोरोना मुक्त भई डिस्चार्ज भएसंगै हाल सम्म कोरोना मुक्त भई घर फर्किनेको कूल संख्या ५ सय ८४ पुगेको छ । मन्त्रालयका अनुसार आज थप ८ जना महिला र ८८ जना पुरुष कोरोना मुक्त भएका छन् ।

मन्त्रालयले दिएको जानकारी अनुसार आज कोरोना विशेष अस्पताल जनकपुरबाट धनुषाका ३० जना, युनिफाईट कोभिड १९ अस्पताल बलम्बुबाट काठमाडौका १ जना, कोहलपुर अस्पतालबाट बाँकेका २२ जना, राप्ती अस्पतालबाट बाँकेका ७ जना, विपिकोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट झापाका २८ जना, कोरोना विशेष अस्पताल दाङबाट बर्दियाका ४ जना र जिल्ला अस्पताल दैलेखबाट दैलेखका १ जना संक्रमण मुक्त भई घर फर्किएका छन् ।

नेपालमा हाल सम्म जम्मा ५ सय ७ जना पुरुष र ७७ जना महिला जना कोरोना संक्रमण मुक्त भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो ।


ताजा खबर