आज थप ३ सय १४ जनामा कोरोना संक्रमण देखियो : नेपालमा कुल संक्रमित संख्या ३७६२ पुग्यो

सोमबार थप ३ सय १४ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अब नेपालमा कोरोना संक्रमितको संख्या ३७ सय ६२ पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले  सो जानकारी दिनुभएको हो । संक्रमति मध्ये २ सय ९४ पुरुष र २० जना महिला रहेका छन् ।

त्यसैगरी, थप २१ जना डिस्चार्ज हुनुभएकाे छ । कुल डिस्चार्ज हुनेको सङ्ख्या ४८८ पुगेको छ । त्यसैगरी, कोरोना भाइरसको सङ्क्रमणबाट १४ जनाकाे मृत्यु भएकाे छ । क्वारेन्टाइनमा एक लाख ६६ हजार ६६८ रहेका छन् भने तीन हजार २६० जना आइसोलेसनमा रहेका छन् ।


ताजा खबर