स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्तामा प्रा.डा.जागेश्वर गौतम

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो महाशाखा प्रमुखहरुको जिम्मेवारी हेरफेर गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य समन्वय महाशाखाको जिम्मेवारीसँगै  प्रवक्ताको जिम्मेवारी वरिष्ठ स्त्री तथा प्रसूति रोग बिशेषज्ञ प्रा.डा. जागेश्वर गौतमले पाउनु भएको छ ।

यसअघि सो महाशाखाको प्रमुख एवं प्रवक्ताको जिम्मेवारी सम्हालेका डा विकास देवकोटालाई भने गुणस्तर मापन तथा नियमन महाशाखाको जिम्मेवारी दिइएको छ ।

प्रवक्ताको जिम्मेवारी पाउनुभएका गौतम यसअघि थापाथलीस्थित प्रसूतिगृह अस्पतालका निर्देशक हुनुहुन्थ्यो । उहाँ गत विहीबार मन्त्रालय सरुवा हुनुभएको थियो ।

गुणस्तर मापन तथा नियमन महाशाखामाको जिम्मेवारी भने डा. दीपेन्द्ररमण सिंहले सम्हाल्दै आउनुभएको थियो । तर उहाँ १२ फागुनमा बाह्रौँ तहमा बढुवा भएसँगै सो महाशाखा प्रमुख विहीन थियो ।

स्वास्थ्य मन्त्री ढकालले डा.सिंहलाई स्वास्थ्य सेवा विभागको महानिर्देशक पदको जिम्मेवारी दिनुभएको छ । यसअघि विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठलाई मन्त्रालयमा तानिएको छ । अहिले उहाँलाई मन्त्रालयको तर्फबाट कोभिड—१९ क्राइसिस म्यानेजमेण्ट सेन्टर( सिसिएमसी) हेर्ने जिम्मेवारी दिइएको छ ।

गत विहीबार श्रेष्ठसंगै मन्त्रालय सरुवा हुनु भएका व्यवस्थापन महाशाखा प्रमुख भोगेन्द्र डोटेललाई भने अहिलेसम्म कुनै जिम्मेवारी दिइएको छैन् । उहाँको ठाउँमा राष्ट्रिय एड्स तथा यौन रोग केन्द्रका निर्देशक डा.रमेश खरेललाई लगिएको छ । डा.खरेललले भने जिम्मेवारी सम्हालि सक्नुभएको छ ।

प्रसूतिगृह अस्पतालको निर्देशकको जिम्मेवारी भने डा.संगिता कौशलले पाउनुभएको छ । उहाँ यसअघि कोशी अस्पताल विराटनगरकी मेडिकल सुपरीटेन्डेन्ट हुनुहुन्थ्यो ।

सफल नेपाल


ताजा खबर