कोभिड-१९ बाट विश्वमै सबैभन्दा प्रभावित न्यूयोर्क शहरमा खेलकुद गतिविधि शुरु हुँदै

कोरोनाभाइरस कोभिड-१९ बाट विश्वमै सबैभन्दा धेरै प्रभावित अमेरिका र अमेरिकाको न्यूयोर्क शहरमा संक्रमणको दर घटेपछि अन्य गतिविधि संगै खेलकुद गतिविधि पनि शुरु हुन थालेको छ ।

भाइरसको महामारीका कारण गत मार्च महिना देखि स्थगित भएका खेलकुद गतिविधीहरुले अब विस्तारै लय समाउदै छन् । यसैबीचमा त्यहाँ स्थगित रहेका फुटबल प्रतियोगिताहरु संचालन गर्ने तयारी पनि गरिएको छ ।

त्यसका लागि क्लवहरुले आफ्ना खेलाडीहरुलाई बोलाएर प्रशिक्षण शुरु गरेका छन । त्यहाँको लिग आयोजक मेजर लिग सकरले क्लवहरुलाई सुरक्षा सतर्कता अपनाएर प्रशिक्षण गर्न अनुमति दिएपछि खेलाडीहरुले अभ्यास शुरु गरेका हुन् ।

हस्टन डाइनामो र न्यूयोर्क सिटी फुटबल क्लवले हिजोबाट खेलाडिहरुलाई बोलाएर अभ्यास गराएका छन् । अभ्यासमा जानुपूर्व क्लवहरुलाई आफ्ना खेलाडी र कर्मचारीहरुको सम्पूर्ण विवरण बुझाउन भनिएको छ । यसैगरी प्रत्येक ४८ घण्टामा खेलाडीहरुको स्वास्थ्य परिक्षण गर्नुपर्ने अनिवार्य नियम पनि लगाइएको छ । रासस


ताजा खबर