डा राजेन्द्र प्रसाद गुरागाईं आइओएमको निमित्त डिन नियुक्त

त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)को निमित्त डिनको जिम्मेवारी प्रा.डा.राजेन्द्र प्रसाद गुरागाईंलाई दिइएको छ। त्रिविका उपकुलपति डा धर्मकान्त बाँस्कोटाले डा गुरागाईंलाई निमित्तको जिम्मेवारी दिएका हुन्।

डा गुरागाईं आइओएमका सहायक डिन थिए। डा गुरागाईं नाक, कान, घाँटी रोगका विशेषज्ञ हुन्।

आइओएमका डिन डा जगदिशप्रसाद अग्रवालले अवकाश पाएपछि सो पद रिक्त थियो।

डिनका लागि आइओएमका प्राध्यापकहरु प्रतिस्पर्धामा छन्।


ताजा खबर