थप ३३४ मा कोरोना संक्रमण,१० जनाको मृत्यु : जनस्वास्थ्य संकटकाल घोषणा गर्ने सरकारको तयारी

नेपालमा कोरोना संक्रमण देखिएका थप एक जनाको मृत्यु भएको छ। पाल्पाका ४५ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो।

उनी भारतबाट नेपाल आएका थिए। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार पाल्पा पूर्वखोला घर भएका ती पूरुषको मिसन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

उनको स्वाब परीक्षणका क्रममा कोरोना भाइरस पोजिटिभ देखिएको प्रवक्ता डा देवकोटाले जानकारी दिए। योसँगै नेपालमा कोरोना भाइरसको संक्रमण देखिएका १० जनाको मृत्यु भएको छ।

आज थप ३३४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा सो संक्रमण देखिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार ३१९ जना पुरुष र १५ जना महिलामा संक्रमण देखिएको हो।  नेपालमा हालसम्म २ हजार ६ सय ३४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

यसैबीच, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनस्वास्थ्य संकटकाल घोषणा गर्न मन्त्रिपरिषदमा प्रस्ताव पठाउने निर्णय गरेको छ।

हेल्थ सेक्टर इर्मरजेन्सी रेन्सपोन्स प्लान कोभिड-१९ मा दुई हजार बढी एक्टीभ केस देखिएपछि जनस्वास्थ्य संकटकाल घोषणा गर्न सकिने व्यवस्था गरिएको छ।  सोही अनुसार छलफल गरि प्रस्ताव लैजाने निर्णय भएको प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए।

डा. देवकोटाले बिहीबार कोरोना-१९ मिडिया बिफ्रिङमा मन्त्रालयले संकटकाल घोषणा गर्नका लागि प्रस्ताव पठाउने निर्णय भएको जानकारी दिए।

उनले  संक्रामक रोग ऐन २०२० अनुसार संकटलकाल घोषणा आदेश जारी गर्न अधिकारी तोक्नुपर्ने भएकाले स्वास्थ्य सचिवलाई तोक्ने प्रस्ताव गर्ने निर्णय गरेको पनि जानकारी दिए।

 


ताजा खबर