काठमाडौं मेडिकल कलेजको शिक्षण अस्पतालमा आकस्मिकसहित सबै सेवा ठप्प

बिरामी र स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भए लगत्तै सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालका आकस्मिकसहित सबै सेवा बन्द गरिएका छन् ।

अस्पतालले आज मध्यान्ह एक सूचना जारी गरी सेवा बन्द गरीएको जानकारी दिएको हो ।

अस्पतालले जारी गरेको सूचनामा बिरामी २ जना र स्वास्थ्यकर्मी २ जनामा कोरोना संक्रमण भएपछि निर्मलीकरणका लागि अर्को सूचना नआउँदासम्मका लागि सेवा बन्द गरेको जनाइएको छ ।

मंगलबार स्वास्थ्य मन्त्रालयले काठमाडौं मेडिकल कलेजका स्वास्थ्यकर्मीमा कोरोना देखिएको जानकारी दिएको थियो । अस्पतालमा जाँच गराउन आएकी भक्तपुरकी एक गर्भवती महिलामा पनि  मंगलबार नै कोरोना संक्रमण पुष्टि भएको छ ।

अस्पतालका मेडिकल डाइरेक्टर प्रा. डा. मुकुन्दराज जोशीले विज्ञप्ति जारी गर्दै बिरामी र कर्मचारीलाई संक्रमण जोखिम हुने भन्दै त्यसका लागि अस्पतालको आकस्मिक सहितका सबै उपचार सेवा बन्द गर्न बाध्य भएको  उल्लेख गर्नुभएको छ ।


ताजा खबर