लकडाउनको मोडालिटी बारे सरोकारवालासँग छलफल

कोभिड १९ को संक्रमणको जोखिम कम भएका क्षेत्रमा लकडाउन खुकुलो बनाउने गरी कार्य योजनामाथि कोभिड रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले सरोकारवाला निकायहरुसँग छलफल गरेको छ ।

समितिले लकडाउनको मोडालिटीका बारेमा उद्योगी, व्याङ्कर्स लगाएत बाणिज्य क्षेत्रसंग सम्बन्धित निकायसंग छलफल गरेको हो । नागरिकलाई सुरक्षित राख्दै व्यवस्थित रुपमा अघि बढाउन छलफल गरी सुझाव मागिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव नारायणप्रसाद बिडारीले जानकारी दिनुभयो ।

बन्दाबन्दीको अवस्थालाई सरलीकृत गर्नेमा समिति अघि बढेको सचिव बिडारीले बताउनुभयो ।Pause छलफलपछि नेपाल उद्योगबाणिज्य महासंघका अध्यक्ष भवानी राणाले जोखिमको अवस्था हेरेर उद्योग संचालन गर्नुपर्नेमा छलफल भएको बताउनुभयो । छलफलमा सामाजिक कार्य गर्ने संघसंस्था, यातायात व्यवसायी लगायतको पनि सहभागिता थियो । रासस


ताजा खबर