विश्वका प्रमुख औद्योगिक राष्ट्रहरुको समूह जी-सेभेनको शिखर सम्मेलन स्थगित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वका प्रमुख औद्योगिक राष्ट्रहरुको समूह जी-सेभेनको शिखर सम्मेलन कम्तीमा आगामी सेप्टेम्बरसम्मका लागि स्थगित गर्नुभएको छ ।

यही जुन १० देखि १२ तारिखसम्म अमेरिकाको वासिङ्टन डिसीमा हुने तय भएको शिखर सम्मेलन कोरोनाभाइरसका कारण स्थगित गरिएको हो ।

सम्मेलनमा उहाँले भारत, रसिया, दक्षिण कोरिया र अस्ट्रेलियालाई निमन्त्रणा गर्ने पनि जानकारी दिनुभयो । तर क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले रसियालाई जी ७ मा पुनः प्रवेश गराउने विषयमा आपत्ति जनाउनु भएको छ ।

रसियालाई सन् २०१४ मा जी-७ को सदस्यबाट हटाइएको थियो अहिले जीको संरचना नै पुरानो र असान्दर्भिक भइसकेको पनि राष्ट्रपति ट्रम्पले बताउनुभएको छ ।

विश्वका प्रमुख औद्योगिक राष्ट्रहरु अमेरिका, जापान, बेलायत, फ्रान्स, जर्मनी, इटाली र क्यानाडा समुह जि का सदस्य राष्ट्र हुन् । जी ७ को अध्यक्षता सातै वटा मुलुकले आलोपालो गर्ने प्रचलन छ ।

जर्मन चान्सलर एन्जेला मर्केलको कार्यालयले जर्मनीमा कोरोनाभाइरसको प्रसार नरोकिएसम्म चान्सलर मर्केल जी७ को बैठकमा उपस्थित हुन नसक्ने जनाए लगत्तै ट्रम्पले बैठक स्थगित गरेको घोषणा गर्नु भएको थियो । रोयटर्स


ताजा खबर