संविधान (दोस्रो संशोधन) विधेयक संघीय संसदको प्रतिनिधिसभामा पेश

 प्रतिनिधिसभाको आजको बैठकमा संविधान (दोस्रो संशोधन) विधेयक पेश भएको छ ।

बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्वाहाङफेले “नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७” लाई पेश गर्नु भएको हो ।

संविधान संशोधन विधेयक पेश गर्नुहुदै कानुन मन्त्री डा. तुम्बाहाङ्फेले नेपाल सरकारले हालै नेपालको अद्यावधिक राजनैतिक तथा प्रशासनिक नक्सा स्विकृत गरी नेपालको वास्तविक सिमा अनुरुपको नक्सा सर्वजनिक गरेकाले संविधानको अनुसूची तीनमा रहेको निशान छापलाई बास्तविक सिमा समेटिएको नक्सा अनुरुप मिलाउन संविधान संशोधन प्रस्तव पेश गरिएको बताउनुभयो । रासस


ताजा खबर