लकडाउन जेठ ३२ गतेसम्म लम्ब्याउने मन्त्रिपरिषदको निर्णय : आवश्यक ठाउँमा सेना समेत परिचालन गरिने

आज बसेको मन्त्रिपरिषद्को बैठकले जारी लकडाउन जेठ ३२ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ ।

मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न आयोजिक पत्रकार सम्मेलमा सकारका प्रवक्ता डा.युवराज खतिवडाले दिनु भएको हो ।सीमा नाकाको आवागमन असार १६ गते सम्म स्थगित गर्ने र त्यसलाई कडाइ गर्ने ।

सीमा वारिपारि गर्ने कुरा विश्व स्वास्थय संगठनको मापदण्ड अनुसार गराउने निर्णय गरेको छ । लकडाउनको मोडालिटी बारे छलफल गरेर सिफारिस गरिने निर्णय भएको जानकारी गराउनु भयो ।

सेना परिचालन गर्ने निर्णय

मन्त्रिपरिषदको बैठकले कोरोना संक्रमण फैलिएको आवश्यक ठाउँमा सेना परिचालन गर्ने निर्णय समेत गरेको छ ।

मन्त्रिपरिषद् बैठक अगाडि सुरक्षा परिषद् बैठक बसेको थियो, त्यसमा सीमा सुरक्षाबारे छलफल भएको थियो । सीमामा कडाई गर्न सशस्त्र प्रहरी र जनपथ प्रहरीलाई अझ बढी परिचालन गर्ने निर्णय भएको छ ।


ताजा खबर