बन र वाताबरण, हो हाम्रो जिवन

  • शोभा शिलवाल

वातावरण बन जोगाउन अघि बढौं अब त ।

सफल नेपाल र पाठक बर्गलाई गर्छु स्वागत ।।

बन जङ्गल भएत बातावरण स्वच्छ हुने हो ।

संसारमा भनी हामी किन रुने हो ।।

जङ्गलमा छन् जडिबुटी नेपालको सम्पत्ति ।

जोगाउँ सबै मिलेर हुन्छ धन कति ।।

वातावरण स्वच्छ दिन्छ बन जङ्गलले हामीलाई ।

सबै मिलि संरक्षण गरी राखौं है ।।

जङ्गलका गैंडा हात्ति पर्यटकले रुचाउने।

रुपैंया मात्र होइन यस्ले डलर कमउने ।।

पर्यटक नेपाल आए जङ्गल पहाड रमाउने ।

हाम्रो देश नेपालले नाम कमाउने ।।

हरियो बन नेपालको धन भन्ने उखान मानेर ।

हामी सबैले यसको रक्षा गरौं जानेर ।।

बन जङ्गल जोगाए पानी मुहान रसाउने ।

खेतिपाति राम्रो हुन्छ बस्ती बसाउने ।।

घाँस दाउरा हामीलाई जङ्गलले दिने हो ।

जङ्गलको सुविधा हाम्ले लिने हो ।।


ताजा खबर