प्रतिनिधिसभा बैठक : सीमा समस्याको दीर्घकालीन समाधान खोज्न सरकारको ध्यानाकर्षण

प्रतिनिधिसभाको आजको बैठकमा छिमेकी मुलुकले सिमाना मिचेर नेपालको स्वाभिमानमा चोट पुर्याएको भन्दै यस्ता समस्याको दिर्घकालीन समाधान खोज्न सरकारको ध्यानाकर्षण गराउनु भएको छ ।

सांसदहरुले भारतले नेपालको भुमि अतिक्रमण गरेर सडक निर्माण गरेको, नेपालको सिमा क्षेत्र समेट्ने गरी नक्सा सार्वजनिक गर्दा समेत सरकारले समयमा समस्या समाधान गर्न ध्यान नदिएका कारण समस्या बढ्दै गएको बताउनुभयो ।

सांसदहरुले सरकारको संविधानले कोरोनाका कारण मानिसको मृत्यु नभएपनि पछिल्ला दिनहरुमा कोरोनाको संक्रमण बढ्दै गएकाले उच्च सावधानी अपनाउनु पर्नेमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।

कोरोना महामारी बढेसँगै बिभिन्न देशमा अलपत्र परेका र स्वदेश फर्कन चाहने नेपालीहरुलाई स्वेश फर्काउन र प्रभावकारी व्यवस्थापन गर्न माग गर्नुभयो ।

भारतबाट लुकिछिपी असुरक्षित रुपमा आएका व्यक्तिहरुका कारण कोरोनाको संक्रमण फैलिरहेको कारण सिमानामा कडाई गर्न सांसदहरुले माग समेत गर्नुभयो । रासस


ताजा खबर