कपिलवस्तुका थप १० जनामा कोरोना पुष्टि : संक्रमितको संख्या १२० पुग्यो

कपिलवस्तुमा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमित व्यक्तिहरुको संख्या १२० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार नयाँ संक्रमितहरु कपिलवस्तुको यशोधरा गाउँपालिका वडा नं. ५ तथा बुद्धभुमि नगरपालिका वडा नं. ७ र १० का हुन् ।  उनीहरू १८ देखि ३४ वर्ष उमेर समूहका पुरुषहरु हुन् । एक जना पुरुषको भने उमेर खुलेको छैन ।

विज्ञप्तिः

Image may contain: text


ताजा खबर