लकडाउनमा केही खुकुलो पारियो : उपत्यकाभित्र सवारी पास वितरण पनि सहज

सरकारले लकडाउन केही खुकुलो पारी वित्तीय संस्था, उद्योग कलकारखाना खुला गरेसँगै उपत्यकाभित्र सवारी पास वितरणमा पनि केही खुकुलो नीति ल्याइएको छ ।

यसअघि सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूबाट मात्र पास जारी हुने गरेकोमा अब सम्बन्धित मन्त्रालय तथा अन्य निकायका तोकिएका अधिकारीबाट समेत सवारी पास जारी गर्ने निर्णय भएको छ ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा आइतबार उपत्यकाका तीनैवटा जिल्लाका प्रमुख जिल्ला अधिकारी, वाणिज्य, आपूर्ति तथा उपाभोक्ता हित संरक्षण विभाग तथा उद्योग विभागका प्रतिनिधि र सुरक्षा निकायका प्रतिनिधिसमेतको बैठकले सो निर्णय गरेको हो ।

सवारी पास सम्बन्धी सूचना (२०७७/०१/२८, १७:०० बजे)No photo description available.

No photo description available.

सफल नेपाल


ताजा खबर