‘लकडाउन खोल्दा यसो गरौं’ जनस्वास्थ्यबिद् डा.रवीन्द्र पाण्डे सल्लाह !!

पहिलो चरण अर्थात पहिलो १० दिन :

  • खाद्यान्न पसल दिउँसो ११ देखी २ बजेसम्म खोल्ने । त्यसो गर्दा बिहान बेलुका हुने अनाबश्यक भीड नियन्त्रण हुने थियो ।
  • कृषि सामग्री पसल २ देखी ४ बजे खोल्ने ।
  • स्टेसनरी बिहान खोल्ने ।
  • प्राइभेट अस्पताल फुल फेजमा खोल्ने ।
  • कलकारखानामा मजदुरलाई खाने / बस्ने मिलाएर परिवारसंग तथा अन्य व्यक्तिसंग भेट्न नदिने | अर्थात पूर्ण : आवासीय ब्यबस्था मिलाउने ।
  • साइकलमात्र चल्न दिने ।
  • टेलिमेडिसिन प्रभावकारी बनाउने ।
  • कोरोना संक्रमणको परीक्षण ब्यापक बढाउने । 

दोस्रो चरण अर्थात थप १० दिन :

  • पहिलो चरण यथाबत राख्ने ।
  • आबश्यक र पास दिएका निजि सवारी साधन टाइम कार्डको आधारमा जोर / बिजोर गरेर चलाउने ।
  • निर्माण सामग्री औचित्य र आवश्यकता अनुसार जोर / बिजोर रातिमा चलाउने ।
  • भ्यान / टिपरलाई कृषि एम्बुलेन्सको रुपमा प्रयोग गरेर गाउँमा उत्पादित तरकारी, दुध, अण्डा, कुखुरा, खसी आदि सहरमा पुर्याउने ।
  • कृषिलाई अभियानको रुपमा चलाउने । यसको लागि बिउ, मल, औषधि अनुदान दिने । स्थानीय निकायले उत्पादनलाई जोड दिने ।
  • ठूला आयोजना सामाजिक दुरी राखेर संचालन गर्ने ।
  • साना उद्योगलाई सुरक्षित रुपमा चलाउने ।
  • बैंक, सहकारी, सरकारी कार्यालयलाई आफ्नै बसको ब्यबस्था गरेर कर्मचारी ल्याउने / पुर्याउने गर्ने ।
  • निर्माण सामग्री पसल, बच्चाका कपडा / सामग्री पसल, खेलकुद सामग्री पसल लगायत खोल्ने ।
  • डिपार्टमेन्टल स्टोर र तरकारी बजार सामाजिक दुरी कायम गराएर खोल्ने ।
  • कोरोना संक्रमणको परिक्षण अझै बढाउने ।

ताजा खबर