कोरोनाका कारण बदलियो फुटबलको नियम : अब पाँच खेलाडी परिवर्तन गर्न सकिने

कोरोनाभाइरस महामारीका कारण खेल जगत नराम्ररी प्रभावित भएको छ। विश्वभरिको खेलकुद प्रायः ठप्प छ। महामारीको प्रभाव अब खेल गतिविधि सुरु हुँदा मैदानमा नै देखिने भएको छ।

फुटबलसम्बन्धि नियम बनाउन अन्तराष्ट्रिय संस्था इन्टरनेशनल फुटबल एसोसिएसन बोर्ड (आईएफएबी) ले खेलाडी परिवर्तनको नियम नै परिवर्तन गरेको छ। अब फुटबल खेल भइरहँदा पाँच खेलाडीसम्म परिवर्तन गर्न पाइने भएको छ। तर, यो नियम अस्थायी रुपमा लागू गरिएको छ।

यसअघि तीन खेलाडी मात्र परिवर्तन गर्न पाइने नियम थियो। महामारीपछि खेलाडी सुरक्षाका लागि नयाँ नियम जारी गरेको आईएफएबीले जनाएको छ।

फिफाले यसलाई ‘अस्थायी संसोधन’ भनेको छ। यो नियम यही वर्ष डिसेम्बर ३१ सम्ममा सकिने प्रतियोगिताका लागि मात्र लागू हुनेछ। यो सिजनमा स्थगित भएका लिग र च्याम्पियन्स लिग पुनः सुरु भए यो नियम लागू हुनेछ। रोयटर्स


ताजा खबर