मेरो जन्मदिनको शुभकामना !!

  • ज्वाला ढकाल

आज मेरो जन्मदिन 

मेरो जन्मदिनको मेरा बा आमा लाई शुभकामना

मेरि आमाको शरिरमा प्राण महसुस गराउन

अनि मातृत्वको आभास गराउन

आकाश माथि बादल पारिवाट

मेरा बा आमाको घरमा उज्यालो छर्न

यस धरतिमा मेरो आगमन भएको दिन ।

मेरो त्यो रुवाईले

मेरा आमा बा खुशी बनाएको दिन

त्यसैले मेरा बा आमालाई

मेरो जन्मदिनको शुभकामना ।।

 

धेरै परको संसार

जहां प्रकृतिको सुरक्षा कवच वाट

भगवानको बास्नादार फुलहरूको सुगन्ध माँझबाट

अनि मुरलिको हृदयवाट निस्केको आवाज संगै

म खुशी दिने जादुको छडि जस्तै

तपाईंहरु को काख नातिनि बनेर भरेको दिन

त्यसैले मेरा हजुरबा हजुरआमालाई

पनि मेरो जन्मदिनको शुभकामना ।।

 

म छु र त

मेरो भाई भाई बन्न पायको छ

संगै हुँदा रमायका पलहरुको

आज याद आएको छ। त्यसैले ए मेरो भाई

तँलाई पनि मेरो जन्मदिनको शुभकामना।।

 

केही बर्ष अगाडि

म मेरा बा आमाको घरमा

म खुशी र उमङ्ग को बहार बनेर आएको दिन

त्यो दिन थियो र त म छु

अनि तँ मेरि बहिनिले दिदि को

न्यानो छहारी पायकी छस्

त्यसैले ए मेरी बहिनी

तँलाई पनि मेरो जन्मदिनको शुभकामना ।।


ताजा खबर