थप एक जनामा कोरोना पुष्टि : कुल संक्रमित ११० पुगे

उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्के क्षेत्रका अर्का महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा संक्रमित संख्या ११० पुगेको छ ।

कोशी अस्पताल विराटनगरमा गरिएको पिसिआर परीक्षणमा ४३ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोशी अस्पताल विराटनगरमा भएको ल्याब परीक्षणको रिपोर्टमा एकजनामा संक्रमण पुष्टि  देखाएको स्वास्थ्य मन्त्रालयले आज बिहान जारी गरेको बिज्ञप्तिमा जनाईएको छ ।

प्रदेश १ मा योसँगै संक्रमितको संख्या ३५ पुगेको छ । आजै उदयपुरका तीनजनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ । उदयपुरमा मात्रै संक्रमितको संख्या ३२ जना पुगेको छ । तर, उपचारपछि उदयपुरका १४ जनाले स्यावस्थ्य लाभ समेत लिईसक्नु भएको छ ।

कोभिड–१० उपचार केन्द्रमा यस अगाडीका १७ सहित शनिवार भर्ना गरिएका ३ गरी २० जनाको उपचार भईरहेको छ ।

Image may contain: text


ताजा खबर