अछामकी सुत्केरी नेपाली सेनाको हेलिकप्टरबाट उद्धार

सुत्केरी भएर रगत बगेर गम्भीर अवस्थामा पुगेकी अछाम रामारोशन गाउँपालिकाकी एक युवतीको हेलिकप्टरबाट उद्धार गरेर शनिबार नेपालगञ्ज पु¥याइएको छ ।

वयलपाटा अस्पतालमा उपचार सम्भव नभएपछि रामारोशन गाउँपालिका–६ की २४ वर्षीया देउमा साउदको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो ।

रगत बगिरहेको, रगत पेटमा जमेको, पिसाबमा समेत समस्या भएकाले हेलिकप्टरबाट उद्धार गरेर महिला तथा बालबालिका मन्त्रालयसँगको समन्वयमा नेपालगञ्ज पुर्याइएको अछामका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिनुभयो ।

शनिबार नै वयलपाटा अस्पतालमा पुर्याइएकी साउदको अवस्था गम्भीर भएकाले नेपालगञ्ज लिइएको बताइएको छ ।

“नसामा समस्या भएकाले पेटमा रगत जमेको हुनसक्छ ।” वयलपाटा अस्पतालका मेडिकल निर्देशक डा. विकास गौचनले भन्नुभयो ।

२५ दिनअघि सुत्केरी भएकी देउमालाई सञ्चो नभएपछि शनिबार मात्रै अस्पताल पु¥याइएको थियो । सुत्केरी उद्धारको खर्च महिला तथा बालबालिका मन्त्रालयले ब्यहोर्ने बताइएको छ ।

यसअघि अछामको कमलबजार नगरपालिकाकी एक गर्भवती महिलालाई समेत हेलिकप्टरबाट उद्धार गरिएको थियो ।

नेपाली सेना


ताजा खबर