भुल्केमा थप एक सहित सात जनामा कोरोना सङ्क्रमण पुष्टि : सङ्क्रमितको सङ्ख्या १०९ पुग्यो

नेपालमा थप सात जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १०९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा.समिर कुमार अधिकारीद्वारा जारी विज्ञप्ति अनुसार आज राष्ट्रिय प्रयोगशाला काठमाडौँ र कोसी अस्पताल बिराटनगरको प्रयोगशालमा गरिएको परिक्षण अनुसार नयाँ पुष्टी भएको संख्या सात पुगेको हो ।

सह-प्रवक्ता डा.समिर अधिकारीका अनुसार सङ्क्रमित हुनेहरुमा उदयपुर भुल्के निवासी १८, ४५ र ६५ बर्षका महिलाहरु, कपिल्वस्तु निवासी १७, १८ र १८ बर्षका पुरुषहरु र पर्सा छपकैया निवासी ६२ बर्षका पुरुष हुनुहुन्छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जारी विज्ञप्ती अनुसार उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको बताइएको छ  ।

 


ताजा खबर