कोरोना रोकथाममा अर्थमन्त्रालयबाट करिव चार अर्व निकासा

अर्थमन्त्री डा. युवाराज खतिवडाले कोरोना संक्रमण जोखीम नियन्त्रणका लागि अर्थमन्त्रालयले करिव चार अर्व रुपियाँ निकासा भएको जानकारी दिनुभएको छ ।

सोमबार संसदको अर्थसमितिमा कोरोनो रोकथाममा सरकारले थालेका कदम र अर्थतन्त्रमा पारेका प्रभाव र अवको कार्यदिशाबारे जानकारी दिँदै डा. खतिवडाले स्वास्थ्य मन्त्रालयका लागि एक अर्व ८ करोड, समग्री खरिदका लागि रक्षा मन्त्रालयमार्पmत नेपाली सेनालाई दुई अर्व ३४ करोड र सरकारले स्थापना गरेको कोषमा ५० करोड रुपियाँ गरी तीन अर्व ९२ करोड निकासा भएको जानकारी दिनुभएको हो ।

खतिवडाले सरकारले कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि हरसम्भव उपायहरु कार्यान्वयन गरिरहेको जानकारी गराउनु भएको थियो । “ उपयुक्त समयमै बन्दाबन्दी घोषणा गरिएकाले संक्रमणको जोखिम न्युनीकरणमा धेरै सफलता मिलेको छ,” उहाँले भन्नुभयो,“जोखिम न्युनीकरणका लागि स्वास्थ्य सामग्री, उपकरण तथा जनशक्ति परिचालनमा कुनैपनि कमि हुन दिइएको छैन ।”

बजेटमा दवाव

बन्दाबन्दीले राजश्व संकलन तथा सार्वजनिक खर्च पनि प्रभावित भएको उहाँले बताउनु भयो । सरकारले चालु आर्थिक वर्षको सूरुवात देखिनै आयातमा कडाई गरिरहेका कारण राजश्वमा दवाव परिरहेको र कोरोना संक्रमणका कारण त्यो दवाव उच्च भएको जानकारी भएको थियो ।

चैत महिनासम्म त लक्ष्यको ८० प्रतिशत राजश्व संकलन भएको थियो,” उहाँले भन्नुभयो, तर त्यसपछि भने लक्ष्यको एक चौथाइमात्र भन्सार राजश्व संकलन भएको छ ।” वैदेशिक सहायता परिचालन मार्पmत यसको भरथेग गर्ने सोचमा सरकार रहेको मन्त्री खतिवडाको भनाई थियो । वैदेशिक सहायता परिचालनमार्पmत कोरोना संक्रमण र जोखिम कै न्युनीकरणमा करिव डेड खर्व रुपियाँ संझौता हुने अवस्थामा पुगिसकेको जानकारी उहाँले गराउन्ु भएको थियो ।


ताजा खबर