राष्ट्रपतिद्वारा वैशाख २६ गते बजेट अधिवेशनको आह्वान

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको बजेट अधिवेशन यही वैशाख २६ गतेका लागि आह्वान गर्नुभएको छ ।

सरकारको सिफारिसमा आज राष्ट्रपति भण्डारीले वैशाख २६ गते दिउँसो ४ बजे बस्ने गरी संघीय संसदको अधिवेशन आह्वान गर्नुभएको राष्ट्रपति कार्यालयद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।

आजै बसेको मन्त्रिपरिषद बैठकले संसद अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट संघीय संसदमा प्रस्तुत गर्ने संवैधानिक व्यवस्था छ । रासस 


ताजा खबर