ओझेलमा परेकाे राष्ट्रिय संचार तथा प्रशारण दिवस

  • केदार कोइराला 

दिवसै दिवसकाे भिडभाडमा परेकाे संचार तथा प्रशारण दिवस स्मरण कतिले गरे गरेनन् भन्दा पनि ओझेलमा परेका कारण स्मरण गर्ने औपचारिकता पूरा गरेकाे मात्र हाे।

महामारीकाे प्रताडना एकातिर व्यबसायमाथिकाे चुनाैति अर्कातिर बाेकेर संचार कर्ममा व्यस्त संचार कर्मिकाे वेदना न सुन्ने निकाय छ न त सुनाएर चुलाे बल्नेवाला छ।काेराेना संक्रमण भन्दा भयावह हुँदै छ संचार कर्म । राज्यले दिएकाे खुल्ला चुनाैति एकातिर र नागरिक प्रतिकाे उत्तरदायीत्व संग सगै कर्म गर्नु संचारकर्मिकाे अहिलेकाे कठिन परिस्थिती चानचुने छैन।

लकडाउन काेराेना संक्रमण बाट सुरक्षित रहने पहिलाे कदम हाे त्यस पछि अपनाउने बिविध उपाए हरू हाेलान,तथापी लकडाउन भएकाे पहिलाे दिन देखि अझ बढी जिम्मेवारीका साथ कर्ममै समर्पित संचारकर्मिकाे समस्या र चुलाे बलेनबलेकाे तर्फ कहिकतै बाट चर्चा भएकाे सुनिएकाे छैन।

अरूका समस्या खाेतल्दै समाधानकाे बाटाे देखाउने संचारकर्मि कति अप्ठेराेमा छन ?न त राज्य समवेदनसिल देखिन्छ न कुनै अन्यनिकाय।छाता संगठनकाे झल्लरी छाता ओढेकाे पत्रकार महाँसघ त प्राण पखेरू उडेकाे मृत प्राय जस्तै भैसकेकाे छ।

बक्तब्य जारीमै सिमीत महाँसघ पत्रकार र पत्रकारीताकाे धर्म र मर्म बिर्शिएकाे अल्जाइमर्स राेगी झैं देखिनु दुखकाे कुरा हाे।संक्रमणकाे चुनाैति संग लडदैभिड्दै कर्म गरिरहेका पत्रकारहरू यतिखेर साँच्चै खलिखाने वीर जस्तै सावित भएका छन।संचारकर्मि र संचार उद्दमी दुवै वर्ग आर्थिकभारकाे चपेटामा परेकाे तर्फ ध्यान किन पुग्न सकिरहेकाे छैन ? काे हाे त जवाफदेही ?उद्योगिले कति सम्म लगानि गरिरहने र संचारकर्मीले कहिलेसम्म आफ्नाे पिडा लुकाएर कर्म गरिरहने ?

बहस भन्दा समाधान खाेज्ने बेला हाे याे।कस्ले खाेज्ने त समाधान ? समाधानकै लागि उठ्ने याे प्रश्न माथी जिम्मेवार निकायका अग्रजहरू किन माैन छन ? बिज्ञापन र प्रायाेजन बाट जिवीकाेपार्जन गर्नुपर्ने संचार उद्दाेग यतिखेर जरजर अवस्थामा पुगेकाे हाे भने विकल्प खाेजाै, बिकल्परहित भैसकेकाे हाे भने ब्यवसाय बन्द गराैं ।

घटना लाई दुर्घटनामा पुर्याउनु भन्दा घटनास्थलमै स्थगित गर्नु बुद्दिमानी ठहर्ने कुरामा सायद कसैकाे दुइमत हाेला।हाेइन, बिकल्प छ र हामी अहिलेकाे याे चुनाैति संग भिडेर यसरी बाहिर निस्कन्छाै भन्ने याेजना सहित संचार उद्दमी अग्रसर भएकाै हाे भने याे स्वागतयाेग्य हुने नै छ।  तर अस्पष्टताका साथ जे हुन्छ हुन्छ हेर्दै जाउ भन्ने साेचले मात्रै हिम्मतिलाे हुने प्रयास गरेकाे हाे भने संचार क्षेत्रमै पराकम्प आउने पक्का पक्कि छ।

आज राष्ट्रिय संचार तथा प्रशारण दिवसकाे स्मरणमा तिताे यथार्थ राखेकाेमा कर्मवीरहरू आ-आफ्नाे कर्मक्षेत्र बाटै ऐकबद्धता जनाउन अग्रसर हुनुहाेला भन्ने बिस्वास जागेकाे छ। सबैमा शुभकामना !!

कोइराला एभिन्यूज टेलिभिजनका समाचार प्रमुख हुन् ।


ताजा खबर