प्रधानमन्त्री सुशीला कार्कीसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
सिंहदरबारमा आज भएको भेटवार्तामा उहाँहरुबीच द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
यसअघि अतिरिक्त सचिव मुनु महावरले सरकारका मन्त्रीहरुकाका साथै परराष्ट्र सचिवसँग पनि भेटवार्ता गर्नु भएको थियो । रासस
























