चलचित्र ‘आमा’ को फस्ट लूक सार्वजनिक

चलचित्र ‘आमा’ को फस्ट लूक सार्वजनिक गरिएको छ । दीपेन्द्र के खनालले निर्देशित उक्त फिल्ममा ३ पोस्टर सार्वजनिक गरिएको हो ।

पोस्टरमा आमाको स्नेह देख्न सकिन्छ । सुरक्षा पन्त र मिथिला शर्मालाई फोकस गरिएका पोस्टर दशैँको अवसर पारेर सार्वजनिक गरिएको हो । निर्देशकका अनुसार यो फिल्म आउँदो महाशिवरात्रिको अवसर पारेर फागुन ९ गतेदेखि प्रदर्शन हुँदैछ ।

निर्देशक खनालले भनेका छन्, ‘आमाहरुकै कथा बोकेको चलचित्र आमाको पहिलो मुहार ।’

फिल्ममा देशभक्त खनाल, सरिता गिरी, मनिष निरौला लगायतका कलाकारलाई पनि देख्न सकिनेछ । आमाछोरीको कथा बोल्ने यो फिल्मका लागि नायिका पन्तले केश मुण्डन गरेकी थिइन् ।


ताजा खबर