राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीले पनि आज साइतको टीका लगाए

हिन्दूहरुको महान चाड बडादशैँँको दशमीका दिन आज मंगलबार मान्यजनबाट टीका, जमरा र प्रसाद लगाइँयो । पञ्चाङ्ग निर्णायक समितिले टीकाको उत्तम साइत बिहान १० बजे ३५ मिनेटका लागि तोकेअनुसारको समयमा टीका लगाइएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले बिहान १० बजेर ३५ मिनेटको शुभसाइतमा आमा मिथिला पाण्डेबाट शितल निवासमा टीका लगाइन् । त्यसपछि उनले आफन्त र सर्वसाधारणलाई टीका लगाइदिएकी थिइन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले बडा दशैँका अवसरमा शीतल निवासमा प्रधानमन्त्री केपी शर्मा ओलीलगायत विशिष्ट व्यक्तिहरुलाई टीका लगाइदिएकी हुन् । राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओली, उनकी धर्मपत्नी राधिका शाक्यसहित विशिष्ट व्यक्तिहरुलाई टीका लगाइदिएकी हुन् ।

को को गए राष्ट्रपतिसँग टीका लगाउन (फोटोफिचर)

 

प्रधानमन्त्रीसँग टीका थाप्नेको बालुवाटारमा भीड


ताजा खबर