सामान्य परिवारका मुकेश अम्बानी कसरी बने धनी ?

६२ वर्षीय मुकेश अम्बानी एसियाकै धनी हुन् । उनी उनको आलिसान घर, गाडी, रिलायन्स कम्पनी जस्ता विभिन्न सम्पतीका मालिक हुन् । उनको जीवनशैलीलाई अनुकरण गर्ने चाहाना धेरैको हुन्छ ।

मुकेश अम्बानीले बिरासतमा सम्पत्ति पाएका थिए भन्ने भ्रम धेरैमा पाइन्छ । तर, उनले आफ्ना पिता धीरुभाई अम्बानीबाट सफलताको मुलमन्त्र मात्रै पाएका थिए । धीरुभाई अम्बानीले आफ्ना दुई छोराहरु मुकेश र अनिलसँगै आफ्नो सपना पूरा गरेका थिए ।

जब धीरुभाई अम्बानी गुजराजबाट मुम्बई आएका थिए । त्यतिबेला उनले ५०० मात्र साथमा ल्याएका थिए । तर, कडा मेहेनत र लगनशीलताले गर्दा उनले छुट्टै एम्पाएर खडा गरे । जसलाई संसारमै एक सफल व्यक्तिको रुपमा चिनिन्छ ।

सन् १९६६ मा अम्बानीले नारौदामा आफ्नो पहिलोपटक टेक्सटाइल मिलको स्थापना गरेका थिए । त्यही मिलले नै मुकेश अम्बानीको भाग्य परिवर्तन गराइदियो । उनले मात्रै एक वर्ष दुई महिनामै १०,००० टन पोलिस्टर यार्न स्थापित गरेर विश्व रेकर्ड बनाए । त्यसपछि धीरुभाई अम्बानीले विमल नामको ब्रान्ड सुरु गरे । जसले सन् १९७६ मा ७० करोडको कम्पनी २००२ मा ७५००० करोडको भयो ।

पढ्ने रहर हुँदाहुँदै पनि बीचमै पढाई छोड्न बाध्य भएका अम्बानीले केमिकल इन्जिनियरिङमा डिग्री हासिल गरेपछि एमबीए गर्न चाहान्थे । तर व्यवसाय अगाडि बढाउनको लागि उनको पिताले उनको पढाई बीचमै रोकिदिए । त्यसपछि उनले सन् १९८१ मा उनले पितासँग मिलेर रिलायन्स पेट्रोलियम रसायनको शुरुवात गरे । पछि उनले रिलायन्स इन्फोकाँम लिमिटेडको स्थापना गरे । अहिले उक्त कम्पनीलाई रिलायन्स कम्युनिकेन्सस लिमिटेडको नामबाट चिनिन्छ ।

मुकेश अम्बानी अहिले ५० अरब डलर सम्पत्तिका मालिक भइसकेका छन्  । ५०० बाट सुरु गरेको उनको करियर अहिले उचाईमा पुगिसकेको छ ।


ताजा खबर